सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता

२०७७ साउन १७, ०३:१२ खबर संवाददाता

धनगढी : डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा बगेर बेपत्ता भएका छन्। एक जनाको भने उद्दार गरिएको छ। डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव असिस्टेन्ट हरि जोशी बेपत्ता भएका हुन्।

अस्पतालकै अर्का कर्मचारी खगेन्द्र कुँवरको उद्दार गरिएको छ। शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउन जादा सेतीले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा उनीहरु वेत्तपा भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले दुबै जनाको खोजी भईरहेको दिनेश खवरलाई बताए। 
 

कमेन्ट लोड गर्नुस