कैलालीमा एक जना मृत फेला
धनगढी : कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नंम्वर १० मा एक बृद्ध मृत अबस्थमा फेला परेका हुन् । सलानी सामुदायिक वनमा स्थानिय ६६ बर्षिय चन्द्र सिंह कोली मृत फेला परेका हुन्।
शुक्रवार साझ साढे ५ बजे कोली मृत अवस्थामा भेटिएका हुन्। उनी रुखमा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन्।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुुर बिष्टले जानकारी दिए।