सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनद्वारा आकस्मिक बाहेक सबै सवारी पास बन्द

२०७७ साउन १६, ०४:३१ खबर संवाददाता

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेक अन्य सवारी पास उपलब्ध नगराउने जनाएको छ। सवारी पास वितरणका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले पास स्थगित गरिएको प्रशासनले जनाएको छ। 

अबबाट अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने कैलाली प्रशासनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस