सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पीडित क्षेत्रका लागि रोटरी क्लब अफ धनगढीद्वारा राहत सामग्री हस्तान्तरण

२०७७ साउन १६, ०४:१३ खबर संवाददाता

धनगढी: रोटरी क्लब अफ धनगढीले बाढी पीडित क्षेत्रका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। 

शुक्रबार भजनी क्षेत्रका बाढी पीडितका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको क्लबका निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए। उनले १ हजार प्याकेट टाइचिन चिउरा, १७ पेटि चाउचाउ, १० पेटि बिस्कुट र २ हजार बोतल मिनिरल वाटर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई हस्तान्तरण गरेको बताए। 

 

कमेन्ट लोड गर्नुस