बाजुराको पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव फेला
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव फेला परेको छ। मंगलवार गएको पहिरोमा बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोमा बेपत्ता भएदेखि नै पाध्याको नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए। सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते भएका थिए। अहिले उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको बताइएको छ।