सुनको मुल्य ९८ हजार नाघ्यो
मगंलबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको छ। सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ। एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको जनाको छ।
यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ।