सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एम्बुलेन्स दुर्घटना

२०७७ साउन १३, ०९:४० खबर संवाददाता

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराती दुर्घटनामा परेको छ। डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको ना. अ. ९८८ नम्बरको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका बताए। उनका अनुसार एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको छ। 
 

कमेन्ट लोड गर्नुस