सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश गौरवको सतबाँझ–श्रीभावर–हाट सडकको काम सुरु

२०७७ साउन ११, ०२:१३ खबर संवाददाता

बैतडी: बैतडीमा सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति गर्ने कार्य शनिबारदेखि सुरु भएको छ।  प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८  किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर कामअघि बढेको हो। 

पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीका अनुसार अबको ३६ महिनामा काम सक्ने लक्ष्यसहित चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीसँग सम्झौता भएको छ। सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ। 

सतबाँझदेखि साढे ६ किलोमिटर स्तरोन्नति गर्नका लागि १२ करोडमा ठेक्का सम्झौता भएको छ भने श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा ठेक्का सम्झौता भएको छ। यो वर्षपनि सो सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको जोशीले बताए।

आइतबार सडक स्तरोन्नति गर्ने कार्यको उद्दघाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले विकास निर्माणका काममा ढिलासुस्ती नहुने बताएका छन्।  

कमेन्ट लोड गर्नुस