सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा दुई गाउँबिच झडप हुँदा वडा सदस्य र प्रहरी घाइते

२०७७ साउन ६, ०२:३८

सत्यराज सिंह, बझाङ: बझाङमा दुई गाउँबिच झडप हुँदा वडा सदस्य र प्रहरी घाइते भएका छन्। सोमबार जिल्लाको खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ को माझीँ गाउँ र वडा नम्बर ३ को मेलतडी गाउँबिच झडप हुँदा वडा नम्बर ३ की वडा सदस्य सुपारी रावल र छान्ना प्रहरी चौकीका असई रामबहादुर बम्म घाइते भएका हुन।

गाउँलेहरुले दोहोरो ढुंगामुढा गरेपछि वडा सदस्य रावलको पिठिउँ र टाउकोमा र असइ बम्मको हातमा चोट लागेको छान्ना चौकीले जानकारी दिएको छ।  मेल्तडीका धीरज रोकाया र माझीँ गाउँका आचल रोकायाको एकआपसमा पहिलेदेखि नै घरायसी मनमुटाव भएको र सामाजिक संजालमा गालिगलौज गरेको कारण झडप भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार माझीँ गाउँवासी खानेपानी योजनाको काम गर्न मेलतडी गएका बेला मेलतडीबासिहरुले ढुंगामुढा गरेका हुन। 

घाइते दुबै जनाको मेलतडी स्वास्थ्य चौकीमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको छान्ना प्रहरी चौकीले बताए। उक्त घटनासम्बन्धमा ती दुवै झगडा गर्नेलाई जिल्ला पठाउने तयारी भइरहेको  प्रहरी चौकीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस