सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिका अगाडी पनि शंकास्पद वस्तु भेटियो

२०७७ साउन ६, ०९:०२ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको कर्यालय अगाडी सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नगरपालिका कार्यालय अगाडी भेटिएको शंकास्पद वस्तु निष्क्रीय पार्न नेपाली सेनाको टोली खटिएको जानकारी दिए।

यसअघि धनगढीमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा र सामाजिक विकास मन्त्रालय नजिकै भेटिएका बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ।  
 

कमेन्ट लोड गर्नुस