सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीको बिमा गर्न आर्थिक सहयोग
धनगढी: सुदूरपश्चिमेली नेपाली समाजले प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एकवर्षे बिमा सहयोगार्थ आर्थिक सहयोग गरेको छ।
सोमबार एक कार्यक्रमको आयोजना गरी बिमाको लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धनगढी, कैलालीलाई सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतबहादुर थापाले ५१ हजारको चेक हस्तान्तरण गरेका छन्।
सुदूरपश्चिमेली नेपाली समाजको परोपकारी अभियान अन्तर्गत खेलकुद क्षेत्रमा आबद्ध रहेका खेलाडीहरुको बिमा गर्न सहयोग गरेको संयोजक चेतन थापाले बताए। विभिन्न विधाका करिब ३४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरेको उनले बताए।