सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रानाथारु सामुदायिक भवनको उद्घाटन

२०७७ साउन ५, ०६:१८ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी गाउँमा रानाथारु सामुदायिक भवनको उदघाटन गरिएको छ। संघीय सरकारको ७ लाख र प्रदेश सरकारको १५ लाख गरी २२ लाखको लागतमा बनेको नवनिर्मित सामुदायिक भवनको उदघाटन प्रदेशसभा सदस्य मालामति रानाले गरेकी हुन।  

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रानाले अलग्गै सामुदायिक भवन बनेपछि बैठक, कचहरी, मुद्दा मामिलाको लागि छलफल गर्न सजिलो हुने बताइन। उक्त रानाथारु समुदायिक भवन सांस्कृतिक कार्यक्रम तथा कार्यक्रममा लागि समेत भाडामा दिन सकिने उनले बताइन।  

कमेन्ट लोड गर्नुस