सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तरबैंक एटीएम कारोबार निःशुल्क गर्न निर्देशन

२०७७ साउन ५, ०५:२६ खबर संवाददाता

एटीएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट नगद झिक्दा शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेपछि आइतवार राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७६ मा उक्त व्यवस्था थप गर्दै यसलाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको हो। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कुनै शुल्क काटिने छैन।

कोभिड–१९ को प्रभाव नेपालमा देखिन थालेपछि चैत ८ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाले जुनसुकै एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए। लकडाउन खुकुलो भएपछि भने बैंक तथा वित्तीय संस्थाका संघहरूले संयुक्त सूचना जारी गर्दै पुनः शुल्क लाग्ने घोषणा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस