सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा थप ज्याला बुझेकाहरुबाट नाली खनाईदै

२०७७ साउन १, १२:५८ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नम्बर ५ को बरबट्टामा १० दिन काम गराएर १५ दिनको ज्याला दिएको खुलेपछि स्थानीयबाट नाली खनाउन थालेको छ।

वडा नम्बर ५ को बरबट्टामा रोजगार कार्यक्रम अन्तरगतको नौ लाख ७० हजार लागतको बाटो निर्माण तथा ग्रावेल योजनामा फेरी भुक्तानी गरिएको ज्याला अनुसारको काम गराउन थालिएको हो।

रोजगार संयोजक रामलाल भट्टले उपभोक्ता समितिको निर्णय अनुसार पाँच दिन बराबरको ज्याला बुझेकाहरुलाई आजदेखि नाली निर्माणको काममा लगाईएको बताए।

यसअघि सोही योजना अन्तरगत बाटो निर्माणमा सहभागी भएकाहरुलाई १० दिनको काम गरे वापत १५ दिनको डोर हाजिरी लगाएर ज्याला दिईएको थियो।  

 
 

कमेन्ट लोड गर्नुस