सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको मछेली नदीमा शिशुको शव भेटियो

२०७७ असार २८, ०८:०३ खबर संवाददाता

धनगढी : कञ्चनपुरका मछेली नदीमा वेवारिसे शिशुको शव भेटिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ को वाणीमा मछेली नदीमा वालुवाले पुरेको अवस्थामा नवजात शिशु(बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले शनिबार मछेली नदीमा वालुवाले छोपेको अवस्थामा नवजात शिशुको शव फेला परेको जानकारी दिए।

प्रहरी नायब उपरिक्षक थापाले  शिशु कसको हो भन्ने कुरा नखुलेकाले अनुसन्धान भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस