सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा असारे विकास : निर्माण सम्पन्न नहुँदै भत्कियो नाली

२०७७ असार २६, ०९:५३ खबर संवाददाता

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा निर्माण सम्पन्न नहुँदै सडकको नाली भत्किएको छ। गौरीगंगा नगरपालिका वडा नम्वर ८ को बढैपुर–लिक्मा सडकमा निर्माणाधिन अवस्थामै नाली भत्किएको हो।

झण्डै ८५ मिटरको नाली निर्माणकै क्रममा भत्किएको स्थानीय वासिन्दाले बताउका छन्। नाली निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र गिरीले पनि नाली भत्किएको स्विकार गरे।

‘नाली निर्माणमा कुनै लापरवाही भएको छैन्, अध्यक्ष गिरीले दिनेश खवरलाई भने, ‘डिजायनमै त्रुटी भएका कारण नाली भत्किएको हो।’ उनका अनुसार गौरीगंगा नगरपालिकाको १३ लाख बढि बजेटमा नाली निर्माणको काम भईरहेको हो।

यता गौरीगंगा नगरपालिकाका वडा नम्वर ८ का अध्यक्ष तुलाराम सापकोटाले नाली भत्किएको बताउँदै पुनः निर्माणका  लागि निर्देशन दिईसकेको बताए।

उक्त सडकको बुधवार मात्रै गौरीगंगा नगरपालिकाका मेयर भीमवहादुर देउवाले अनुमगन समेत गरेका थिए। 

कमेन्ट लोड गर्नुस