सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरै पहिरो

२०७७ असार २५, ०२:२६ खबर संवाददाता

बैतडी: बैतडीको श्रीभावर–हाट सडकखण्डको धेरै स्थानमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ। श्रीभावरदेखि हाटसम्मको सडकका धेरै ठाउँमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा समस्या आएको सवारी चालकहरुले बताएका छन्।

सडक कच्ची भएकाले ठाउँठाउँमा खाल्डाखुल्डीमा जमेको पानीले समेत सवारी साधन सञ्चालनमा समस्या आएको छ। सवारी साधन सञ्चालन नहुँदा नगरपालिकामा पुग्ने नागरिकलाई सास्ती हुने गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना पर्न सफल उक्त सडकमा स्तरोन्नतीको काम भने हालसम्म सुरु हुन सकेको छैन्।

चालु आर्थिक वर्षमै आठ किलोमिटर कालोपत्रेका लागि काम सुुरु हुने भनिएपनि लकडाउनका कारण काम गर्न नसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस