सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर एक महिलाको ज्यान गयो

२०७५ साउन ६, १०:२९

अछाममा घाँस काट्न जाँदा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। मंगलसैन नगरपालिका वडा नम्बर १३ बुडाबाडाकी ३० वर्षीया देउरुपा जनालाको शनिबार भीरबाट लडेर ज्यान गएको हो। भिटामेलाको अग्लो डाँडा भन्ने ठाउमा घाँस काट्ने क्रममा शनिबार साँझ लडेर मृत्यु भएको स्थानीय अमृता रावतले बताईन। घाँस काटेर घर फर्किन लाग्दा भिरबाट लडेर उनको मृृत्यु भएको हो। मृतकका ३ छोरा र १ छोरी गरी ४ सन्तान रहेका छन्।
 

कमेन्ट लोड गर्नुस