सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको आईसोलेसनमा थप दुई संक्रमित भर्ना, ५९ जना डिस्चार्ज

२०७७ असार २२, ०८:१० खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा थप दुईजना कोरोना संक्रमित भर्ना भएका छन्।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का १८ र २२ वर्षीय पुरुष आईसोलेसन भर्ना भएको बताए।

उनका अनुसार असार १८ गते कोरोना पुष्टि भएका उनीहरु कोरोनाको लक्षण देखिएपछि आईसोलेसन भर्ना भएका हुन्। योसँगै प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचाररत संक्रमितको संख्या १२ पुगेको छ।

सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिकाका दुई महिला र एक पुरुष गरी तीनजना, कैलारी गाउँपालिकाका दुई जना, लम्कीचुहा नगरपालिकाका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बाजुराको त्रिवेणी नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका एक÷एक जनाको आईसोलेसनमा उपचार भईरहेको बताए।

यस्तै सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ५९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने एक सय जना शंकास्पद विरामी पनि रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका छन्। 
 

कमेन्ट लोड गर्नुस