सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको ताप्रीसेरा झोलुंगे पुल माथि भएर बग्न थाल्यो नदी

२०७७ असार २१, ०९:४३ प्रकाश सिंह

बाजुरा : लगातारको अविरल वर्षापछि त्रिवेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। नदीमा पानीको बहाव बढेपछि पुलमाथि भएर बग्न थालेपछि जोखिम बढेको वडा अध्यक्ष हिरालाल थापाले बताए।

शुक्रवारदेखी नै पुलमाथिबाट पानी बग्न थालेपछि आवतजावतमा समस्या भएको उनले बताए। अहिले उक्त पुल भएर त्रिवेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या भइरहेको छ। स्थानिय बसन्त थापाले वर्षापछि आएको बाढिले पुल नै जोखिममा परेको बताए।

बुढिगंगा नदीले जिल्लाको द्धावारी, तिपडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा छन्। वाणीले कर्णाली नदीको पिलुचौर जुकोट पुल समेत उच्च जोखिममा छ। हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले कर्णाली नदीमा रहेका आधा दर्जन बढि पुलहरु बाढीका कारण जोखिममा परेको बताए।

उनका अनुसार वाईवाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा छन्। यस्तै वर्षाका कारण बडिमालिका नगरपालिका वडा नम्बर ८ र ९ को गड्खेत टोल पहिरोको परको छ। बाउली र खारगाडले कटान गर्न थालेपछि ५७ परिवार पहिरोको जोखिममा परेको बडिमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले वताईन्।

स्थानीय जय अयडीले कटानको चिन्ताले रातभरी नसुतेरै जागराम बस्ने गरेको बताए। गडखेत मात्र नभएर वडा नम्बर ८ र ९ का धेरै बस्ती पहिरोको जोखिममा छन्। खोलाले जग्गा कटान गर्न थालेपछि खाद्य संकट हुने चिन्ता समेत स्थानीय छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस