सुदूरपश्चिममा कोरोनाका कारण थप एक जनाको मृत्यु
धनगढी : सुदूरपश्चिममा थप एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।
उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।
असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।
आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो। योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।