सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रेडक्रसका कर्मचारीमा पनि देखियो कोरोना

२०७७ असार १६, ०३:०६ खबर संवाददाता

धनगढी : धनगढीमा रेडक्रसका कर्मचारीमा पनि कोरोना देखिएको छ। धनगढी प्रयोगशालामा आज भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उनी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीमा कार्यरत छन्। उनी कोरोना भाईरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा खटिएका थिए। उनी विभिन्न क्वारेन्टिनमा पनि पुगेका थिए। 

 नेपाल रेडक्रस कैलालीका सभापति उत्तम जोशीले सामाजिक दूरी कायम गरेर काम गरेको बताउँदै अन्य कर्मचारीको समेत परीक्षण गर्ने तयारी रहेको बताए। 

रेडक्रसमै कार्यरत एम्बुलेन्स चालक कोरोना भाईरसका कारण मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ का पुरषको शव व्यवस्थापनमा खटिएका थिए। उनमा भने कोरोना संक्रमण देखिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस