सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएर अछामकाे क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

२०७७ असार १४, ०५:०९ खबर संवाददाता

अछाम: भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको  रामारोशन गाउँपालिका –५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगेको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए। मृतक पुरुष सुगरका बिरामी रहेको गैचनले बताए।   

कमेन्ट लोड गर्नुस