धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा एक जनाको मृत्यु(अपडेट)
धनगढी: धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बैतडीमा भएको उक्त दुर्घटनामा ट्रकका सहचालक रहेका डोटीको जोरायल गाउँपालिका –२ बुडरका २० वर्षीय भुवन सुब्बाको मृत्यु भएको हो।
त्यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
आइतबार दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना६ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको थियो। ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।