सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २३० पुग्यो

२०७७ असार १३, ०४:५८ खबर संवाददाता

बैतडी: आइतबार बैतडीका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।

आज थपिएका संक्रमित मध्ये पञ्चेश्वर गाउँपालिकाका ५ महिला र १२ पुरुष गरेर १७ र सुर्नया गाउँपालिकाका ७ पुरुष रहेका छन्। योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ।  

कमेन्ट लोड गर्नुस