डडेल्धुरामा क्वारेन्टिनमा बसिरहेका महिलालाई अत्यावश्यक सामग्री वितरण
डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टिनमा बसिरहेका महिलालाई अत्यावश्यक सामग्री वितरण गरिएको छ। पर्पल फाउन्डेसन काठमाडौं र अगरगढी नगरपालिकाको आर्थिक सहयोग तथा सम्मान–समानता–आर्थिक समृद्वि डडेल्धुरा(डिप) को सयुक्त साझेदारीमा सामग्री विरतण गरिएको हो।
सहयोग अन्तरगत अमरगढी नगरपालिका वडा नम्बर १० र ११ का क्वारेन्टिनमा बसेका ८ जनालाई सेनेटरी प्याड, के एन ९५ माक्स, सेनिटाईजर, कोलगेटब्रस, डिटोल साबुन, हर्लेक्स, पतन्जली चिउरा वितरण गरिएको डिपका कार्यवाहक अध्यक्ष तिर्थराज भट्टले बताए।
अमरगढी नगरपालिकाकी उपप्रमुख संगीता भण्डारीको उपस्तिथीमा ती महिलालाई सामग्री वितरण गरेको र अब १७ जनालाई वितरण गरिने योजना रहेको कोषाध्यक्ष निर्मला जैरुले बताइन्।