सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगाका युवाले भारतबाट पठाएको झण्डै ६२ हजार वडाध्यक्षलाई हस्तान्तरण

२०७७ असार १३, १२:०० खबर संवाददाता

मसुरियाः कैलालीको गौरीगंगा नगरपालिकाका युवाहरुले भारतबाट संकलन गरी पठाएको झण्डै ६२ हजार वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ।

नगरपालिकाको वडा नम्बर ५ का युवा केदार बिकको पहलमा संकलन गरिएको ६१ हजार आठ सय २७ रुपैँया वडा अध्यक्ष जंगबहादुर बिकलाई हस्तान्तरण गरिएको हो। पुष्पाञ्जली सामुदायिक वनका अध्यक्ष कमल जनालाले रकम वडाध्यक्षलाई हस्तान्तरण गरेका हुन्। वडाका क्वारेन्टिन व्यवस्थापनका लागि भारतबाट युवाहरुले रकम संकलन गरेर पठाएका थिए। भारतमा रहेका ५१ जना युवाहरुबाट रकम संकलन गरिएको केदार बिकले बताए।

भारतमा रहेका करन नाथले पाँच सय, केदार विकले एक हजार, टंक विश्वकर्माले पाँच सय, ध्रुर्व बिकले पाँच सय, कृष्ण खतिवडाले पाँच सय, रोहित बहिकदेले पाँच सय, अर्जन जनालाले तीन हजार पाँच सय, खडक सावदले एक हजार, मोहन जनालाले एक हजार, खकेन्द्र सावालले पाँच सय, डम्बर बिकले एक हजार, जहरसिँह जनालाले एक हजार, चक्र जैगडीले एक हजार, मिलन जनालाले पाँच सय, हर्कबहादुर सावलले पाँच सय, जनक जनालाले एक हजार सहयोग गरेका थिए।

यस्तै बलबहादुर टमट्टाले पाँच सय ५१, काशिराम सवालले एक हजार, पदम जनालाले एक हजार, बिजय बिकले पाँच सय, नरेन्द्र जैगडीले एक हजार, शम्भु तिरुवाले पाँच सय एक, नरेन्द्र जैगडीले पाँच सय, गोपाल टमटाले पाँच सय, ज्योती टमटाले एक हजार ५१, सन्देश जनालाले पाँच सय ५१, प्रकाश बिकले पाँच सय एक, गोकुल जनालाले पाँच सय ५१, शिवकुमार श्रेष्ठले एक हजार एक सय, जोगिन्द्र बिकले एक हजार, प्रकाश नेपालले एक हजार, दिपक परियारले एक हजार, समिर टमटाले पाँच सय, जगत बिकले पाँच सय ५१, बुदे जनालाले चार सय, गम्भिर जैगडीले पाँच सय, योगेश जैगडीले पाँच सय सुरेश बिकले पाच सय ५१, कालुसिँह जनालाले पाँच सय, मानसिँह जनालाले पाँच सय ११, शुभम सवालले एक हजार दुई सय ५०, मनोज जनालाले पाँच सय, सागर सवालले पाँच सय, लालबहादुर सवालले पाँच सय, पुरन सिँह जनालाले एक सय एक, बिरु जैगडीले एक हजार, खडक बिकले पाँच सय ५०, नरेश बिकले पाँच सय एक, तिलक जनालाले एक हजार दुई सय ५०, समिर सवालले पाँच सय ११ र कृष्ण जैशीले दुई सय भारतीय रुपैया सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस