सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमा पर्यटन करिडोर निर्माणका लागि विनियोजीत ११ करोड खर्च भएन

२०७७ असार १३, ११:२९ कमल सावद

धनगढीः पर्यटन विकासका लागि करिडोर निर्माण गर्ने दावी गरेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अध्ययन समेत गर्न सकेको छैन्। चालु आर्थिक वर्षमा समयको अभाव भएको भन्दै सम्भाव्यता अध्ययनको काम पनि नभएको हो।

प्रदेश सरकारले पाँच वटा करिडोर निमार्ण गर्ने भन्दै चालु आर्थिक वर्षमा ११ करोड २६ लाख बजेट विनियोजन गरेको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले सूचना समेत सार्वजनिक गर्न नसकेपछि उक्त बजेट फ्रिज जाने देखिएको हो। चालु वर्षमा प्रती करिडोर दुई करोड २५ लाख २२ हजार रकम विनियोजन समेत गरिएको थियो।

तर पर्यटकीय करिडोर निर्माणको लागि सम्भाव्यता अध्ययन समेत हुन नसकेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख किशोर अर्यालले बताए। ‘चालु आर्थिक वर्षमा पर्यटन करिडोर निर्माणको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएका थियौँ। सम्भाव्यता अध्ययनको काम हामीले गर्न सक्ने अवस्था थिएन। ठेक्काका लागि ईबिडिङ गरेका थियौ। लकडाउनका कारण काम रोकियो। कम्तीमा दुई महिना लाग्छ। अब समय पुग्दैन्। रकम फ्रिज गयो।’ उनले भने।

पर्यटन करिडोरमा पदमार्ग, भ्यू टावर निर्माण, स्वागत गेट लगायतका संरचना निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको थियो। खक्रौला–टीकापुर–कर्णाली पर्यटन विकास गन्तव्य, महाकाली–दार्चुला पर्यटन विकास गन्तव्य, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर पर्यटन गन्तव्य, खुटिया–वीपीनगर–तेलेलेख–दीपायल–साफेबगर–रामारोशन–बडिमालिका पर्यटन विकास गन्तव्य र झुलाघाट–खोड्पे–बझाङ पर्यटन विकास गन्तव्यका लागि प्रदेश सरकारले चालु अर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न रकम विनियोज गरेको हो। ‘पर्यटन करिडोर सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकासका लागि ठुलो योजना हो।’ अर्यालले भने, ‘चालु आर्थिक वर्षमा भने कार्यान्वयन भएन्। आगामी आर्थिक वर्षका लागि पनि बजेट आएको अपुष्ट खबर छ।

सयममा नै प्रक्रिया सुरु गरेर कार्यान्वयन गर्छौ।’ चालु अर्थिक वर्षमा विनीयोजित बजेट खर्च गर्न नसेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ लागि पनि बजेट छुट्याएको गरेको दावी गरेको हो। अघिल्ला बर्षमा सम्भाव्यता अध्ययन भएका योजनामा पनि चालु् वर्ष कुनै काम हुन सकेको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस