सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई व्यवसायीद्धारा तरकारी र फलफूल सहयोग

२०७७ असार १२, ०१:१६ खबर संवाददाता

धनगढी :मानव सेवा आश्रमलाई तरकारी र फलफूल सहयोग गरिएको छ। सडक मानवलाई आश्रय दिदै आएको आश्रमलाई धनगढी दुई जना व्यवसायीले तरकारी र फलफूल सहयोग गरेका हुन्।

मानव सेवा आश्रमका अभिभावक एवंम कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले श्रीराम ट्रेडर्स एण्ड सप्लायर्सका विनय गुप्ताले एक हजार सात सय रुपैँया पर्ने एक बोरा आलु सहयोग गरेको बताए।

यस्तै धनगढीकै फलफूल व्यवसायी पवन भट्टले पनि एक क्रेट आप सहयोग गरेको पनेरुले बताए। 

 

कमेन्ट लोड गर्नुस