धनगढी उप–महानगरपालिका खोलानालाको अतिक्रमण हटाउन उदासिन
धनगढी : धनगढी उप–महानगरपासिलका खोलानाला अतिक्रमण हटाउन उदासिन बनेको छ। निर्वाचित जनप्रतिनिधि आउन अघिदेखि नै अतिक्रमण हटाउने योजना परेपनि अहिले सम्म अतिक्रमण हटाउने अभियानको सुरुवात समेत भए्को छैन्। जस्का कारण उप–महानगरपालिका भित्र रहेका प्रत्येक खोलानाला अतिक्रमणमको चपेटामा परेका छन्। अधिकासं स्थानमा त करोडौँको लगानीमा पक्की संरचना समेत निर्माण भएका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का रमेश जोशीले जनप्रतिनिधि आएपछि खोलानालामा अतिक्रमण झनै बढेको बताए। ‘चुनावमा अतिक्रमण हटाउने भन्दै नेताहरुले भाषण गरेको सुनिथ्यो,’ उनले भने, ‘अहिले आएर खोलानालामा झनै अतिक्रमण बढेको छ। तर पनि अतिक्रमण हटाउन वेवास्ता गरिएको छ।’
‘उप–महानगरपालिका भित्र रहेका प्रायः सबै खोलानाल अतिक्रमणको चपेटामा छन्,’ धनगढीकै स्थानीय गणेश चौधरीले भने, ‘वर्षातको समयमा धनगढीमा डुवानको खतरा बढेको छ। खोलानाला अतिक्रमणकै कारण धनगढीवासी बर्षेनी क्षति व्यहोरीरहेको भएपनि उप–महानगरपालिका मौन बसेको छ।’
अतिक्रमण हटाउने भन्दै गठन भएको समितिले पनि काम गर्न सकेको छैन्। प्राविधीक टोलीले तयार पारेको रिर्पोट समेत कार्यान्वयन भएको छैन् भने बनेका संरचना हटाउने मापदण्ड बनाउनै बाँकी छ। धनगढी उप–महानगरपालिकाको गठन गरेको समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीका अनुसार प्रवाधिक समितिले बनाएको प्रतिवेदनले अझै पूर्णता पाएको छैन्।
‘पहिलो चरणमा कैलाली नालाको अध्ययन गरेका हौ,’ समितिका संयोजक मुडभरीले भने, ‘तर प्रतिवेदन अझै सार्वजनिक भएको छैन्। नीति तथा कार्यक्रम र बजेटमा समाबेस भएको भएपनि चालु आर्थिक वर्षमा काम भने हुन सकेको छैन्।’
उप–महानगरपालीका भएपछि २०७२ को पुसमा भएको पहिलो नगर परिषदबाट ‘अतिक्रमण हटाउ अभियान¬ २०७२’ सञ्चालन गर्ने प्रस्ताव पारित भएको थियो। सोही निर्णयपछि २०७२ सालमै अतिक्रमीत खोलाको सर्भेका लागी समिति पनि गठन गरीएको थियो।
समितिले कैलाली खोलाको अध्ययन गर्दै अतिक्रमित क्षेत्रमा रेखाकंन समेत गरेको थियो। तर जनप्रतिनिधि आएपछि नयाँ समिति गठन गरिएकोमा उक्त समितले पनि अहिलेसम्म काम गरेको छैन्।