सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा १८ जना कोरोना संक्रमितलाई घर पठाइयो

२०७७ असार ११, ०५:५६ प्रकाश सिंह

बाजुरा: बाजुरामा निको नहुँदै कोरोना संक्रमितलाई घर पठाइँदैछ। संक्रमण भएको १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएको भन्दै संक्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। 

बुढिगंगा नगरपालिकाका बडा नम्बर १ धुरालसैन क्वारेन्टिनमा बसेका १७ जना र वडा नम्बर २ बसन्त प्राविको क्वारेन्टिनमा रहेकी एक संक्रमितलाई नगरपालिकाले घर पठाएको छ। बसन्त प्राविमा रहेकाहरुको आरडिटी पोजेटिभ आउँदा पिसीआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई घर पठाइएको स्वास्थ्यकर्मीले बताएका छन्। 

‘१४ दिनसम्म राखिसक्यौ, अर्को रिपोर्ट आउने कुनै अत्तोपत्तो छैन्। अहिले कसैलाई अफ्ठयारो पनि भएको छैन्’ उपचार गरीरहेकी अनमी दिया सिंहले भनीन, ‘सरकारको मापदण्ड अनुसार घरको आइसोलेसनमा बस्नेगरी कागज बनाएर पठाएका हौं।’ तर सञ्चो नहुँदै घर पठाइएकहरु होम क्वारेन्टिनमा नबसी घुम्ने गरेको पाइएको छ। जसले गर्दा गाउँमा त्रासको वातावरण छ। 

बाजुरामा .६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। बिहिबार आएको रिपोर्टमा ६ जनामा संक्रमण भएको पुष्टि भएको थियो। संक्रमितमध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यालय बाजुरा र एकजना अस्पतालको कर्मचारी रहेका छन्। 

यस्तै बिहिबार साँझसम्म बाजुरामा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ  बडिमालिका नगरपालिकामा ४०, बुढिगंगा नगरपालिकामा २६, त्रिवेणी नगरपालिकामा ३५, जगन्नाथ गाउँपालिकामा १ र स्वामिकार्तिक खापर गाउँपालिकामा १ जना रहेका छन्।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस