कैलालीमा एकैदिन १०५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०८ पुग्यो
धनगढी : कैलालीमा बुधवार मात्रै एक सय पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशाला मार्फत १० महिला र ४७ पुरुष तथा काठमाडौँ प्रयोगशाला मार्फत ९ महिला र ३९ पुरुष गरी एक सय पाँच जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै जिल्लामा संक्रमितको संख्या पाँच सय ८ पुगेको छ। अहिलेसम्म चार सय ५९ जनाको मात्रै स्थानीय तह खुलेको छ भने काठमाडौँ प्रयोगशाला मार्फत आज पुष्टि भएका ४८ र अन्य एक गरी ४९ जनाको स्थानीय तह खुलाईएको छैन्।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३२ जना गोदावरी नगरपालिका कैलालीका छन् भने २५ जना लम्कीचुहा नगरपालिकाका छन्। अहिलेसम्म स्थानीय तह खुलेका मध्ये सबैभन्दा बढि प्रदेशको स्थायी राजधानी रहेको गोदावरी नगरपालिकामा ८४ पुरुष र २९ महिला गरी एक सय १३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै लम्की चुहा नगरपालिकामा ८० पुरुष र ११ महिला गरी ९१ जना र प्रदेशको अस्थायी राजधानी धनगढीमा ५८ पुरुष र २३ महिला गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले जानकारी दिए।
गौरीगंगा नगरपालिकामा ४५ पुरुष र पाँच महिला गरी ५०, घोडाघोडी नगरपालिकामा २९ पुरुष र चार महिला गरी ३३, बर्दगोरीया गाउँपालिकामा १९ पुरुष र ६ महिला गरी २५, टीकापुर नगरपालिकामा २६ पुरुष र एक महिला गरी २७ जना, जानकी गाउँपालिकामा १२ पुरुष र ६ महिला गरी १८ जना, भजनी नगरपालिकामा पाँच पुरुष र दुई महिला गरी सात जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कैलारी गाउँपालिकामा चार पुरुष र एक महिला गरी पाँच जना, चुरे गाउँपालिकामा ६ पुरुष र मोहन्याल गाउँपालिकामा तीन पुरुषमा कोरोना पुष्टि भएको छ। जिल्लाको जोशीपुर गाउँपालिकामा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।