धनगढीमा कोरोना संक्रमितको सङख्या ६५ पुग्यो, कुन वडामा कति ?
धनगढी : धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ६५ जनामा कोरोना पुष्टि भएको छ। चैत १४ गते पहिलो पटक धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का पुरुषमा संक्रमण पुष्टि भएकोमा अहिलेसम्म ६५ जनामा कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडामा संक्रमित फेला परेको जानकारी दिए। उनका अनुसार सवैभन्दा वढी संक्रमित वडा नम्बर १२ मा भेटिएका छन्। १२ नम्वर वडामा १४ जनामा कोरोना पुष्टि भएको छ। त्यसमा ५ महिला र ९ जना पुरुष रहेका छन्।
वडा नम्बर १ मा दुई महिला र तीन पुरुष गरी ५ जना, वडा नम्बर २ मा तीन महिला र एक पुरुष गरी ४ जना, वडा नम्बर ३ मा तीन जना पुरुष, वडा नम्बर ४ मा एक महिला, वडा नम्बर ५ मा तीन महिला र तीन पुरुष गरी ६ जना र वडा नम्बर ६ मा दुई जना पुरुष संक्रमित भेटिएका छन्।
त्यसैगरी वडा नम्बर ७ मा ३ जना पुरुष, वडा नम्बर ८ मा ३ पुरुष, वडा नम्बर ९ मा ३ महिला र ७ पुरुष गरी १० जना, वडा नम्बर १० मा ३ जना पुरुष र वडा नम्बर ११ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको उपाध्यायले जानकारी दिए।
धनगढी उपमहानगरपालिको वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १४ मा एक महिला र दुई पुरुष गरी ३ जना जना, वडा नम्बर १५ मा एक जना पुरुष, वडा नम्बर १६ मा एक जना पुरुष, वडा नम्बर १७ मा एक जना महिला, वडा नम्बर १८ मा तीन जना पुरुष र वडा नम्बर १९ मा एक महिलामा कोरोना पुष्टि भएको छ।