सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनबाट घर फर्किदा ज्यान गुमाएका युवकमा देखिएन कोरोना

३६ बर्षीय युवकको मृत्युपछि घटनास्थलमा जम्मा भएका आफन्त
३६ बर्षीय युवकको मृत्युपछि घटनास्थलमा जम्मा भएका आफन्त
२०७७ असार १०, ०७:२६ खबर संवाददाता

धनगढी : कैलालीमा क्वारेन्टिनबाट घर फर्काइएको दोस्रो दिन मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

१३ दिन क्वारेन्टिनमा बसेर आईतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ वर्षिय युवकको सोमवार साँझ मृत्यु भएकोमा त्यसपछि कोरोना परीक्षणको लागि स्वाब संकलन गरीएको थियो।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा उनमा कोरोनाको संक्रमण नदेखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। 

रिपोर्ट नेगेटिभ आएपछि उनको शव झण्डै २७ घण्टापछि सडकबाट उठाईएको छ। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस