सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राङ्गारिक खेती गर्नेलाई प्रोत्साहन

फाइल फोटो
फाइल फोटो
२०७७ असार ९, ०९:०२ रासस

रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष किशुचन्द्र चौधरीले १४९ बुँदे विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  पारित भएको जानकारी दिनुभयो। गाउँपालिकाले कृषिलाई आर्थिक विकासको प्रमुख आधार मान्दै प्राङ्गारिक खेती गर्नेलाई प्रोत्साहन तथा जैविक मल प्रयोगलाई बढावा दिदै खेतीयोग्य जमीन बाँझो राख्न नपाउने नीति अनुसरण गरिने बताएको छ।

घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न घाँस विकास कार्यक्रमलाई जोड दिँदै नीति तथा कार्यक्रममा गाउँपालिकालाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन व्यावसायिक पशुपक्षीपालक कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने जनाइएको छ। अध्यक्ष चौधरीले घरबास पर्यटन सञ्चालन गर्न जागरुक हुने समुदायलाई सहयोग गरिने बताउनुभयो। सो अवसरमा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै अध्यक्ष चौधरीले मुख्य बजारको सरसफाइका लागि निजी क्षेत्रसँग सहकार्य हुने जानकारी दिनुभयो।
 

कमेन्ट लोड गर्नुस