सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एमसीसी विरुद्ध किरा आन्दोलन

२०७७ असार ९, ०६:०४ खबर संवाददाता

धनगढी : धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) विरुद्ध किरा आन्दोलन गरिएको छ। युवाहरुको सहयोगमा बोलन्या थलीले एमसीसी विरुद्ध किरा आन्दोलन सुरु गरेको हो। एमसीसी राष्ट्र र नेपालीको हित विपरित भएका कारण विरोध गर्नुपरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

‘उक्त विधेयक पास गर्नका लागि हस्ताक्षर गर्ने सांसदहरुको हातमा किरा परुन भनेर यो आन्दोलनको सुरुवात गरिएको हो’ उनले भने, ‘आज पहिलो दिन १२ प्रजातिका किरासहित धनगढीको क्याम्पस चोकमा प्रर्दशन गरेका छौं।’ साथै उनले एमसीसीका विरुद्ध सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरुबाट आन्दोलन गर्ने जानएका छन्।

कमेन्ट लोड गर्नुस