कैलालीमा एकै वडामा थपिए ३८ संक्रमित
२०७७ असार ९, ०२:५२
धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ मा आज ३८ जनामा कोरोना पुष्टि भएको छ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा गोदावरीका ४४ जनामा कोरोना पुष्टि भएकोमा वडा नम्वर १२ का मात्रै ३८ जना रहेका हुन्।
वडा नम्वर १२ का १३ जना महिला र २५ जना पुरुषमा कोरोना देखिएको हो। अन्य ६ जनाको भने ठेगाना खुलेको छैन्।
कमेन्ट लोड गर्नुस