सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै अण्डासयको जटिल शल्यक्रिया सफल

२०७७ असार ८, ०७:४३ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले धनगढीमा अण्डासयको सफल शल्यक्रिया गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालीका –४ रिछाकी ४५ वर्षीया अनारकली रानाको बाया पट्टीको ओभरियल म्यूसिनस सिस्ट अण्डासयमा १० लिटर तरलपदार्थ भरिएको थियो। 

अत्यन्त जोखिम मोलेर उनको अप्रेसन सफल पारिएको अस्पतालले जनाएको छ। उपचारका लागि भारतको खटीमासम्म पुगेकी रानाको जटिल केश भएको भन्दै उपचार गर्न नमानेपछि घर फर्काएर ल्याएको उनका श्रीमान इन्दर रानाले बताए। 

भारतमासम्म उपचार हुन नसकेको समस्या घर नजिकै समाधान हुँदा खुशी लागेको उनले बताए। अहिले रानाको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिएका छन्। 
निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझालगायतको टिमले रानाको सफल शल्यक्रिया गरेको हो।

कमेन्ट लोड गर्नुस