सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप १४ जनामा कोरोना पुष्टि

२०७७ असार ८, ०५:१५ खबर संवाददाता

बैतडी: सोमबार बैतडीमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पुष्टि भएको हो। १४ जना मध्ये शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले बताए। पुष्टि हुने सबै १६ देखि ५० बर्ष उमेर समूहका पुरुष रहेका छन्।

योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या १ सय ७२ पुगेको छ। 

कमेन्ट लोड गर्नुस