संक्रमित बढ्दै गएपछि बैतडीको पाटन नगरपालिका सिल
पाटन : बैतडीको पाटन नगरपालिका सिल गरिएको छ। कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन आजदेखि एक हप्ताका लागि नगरपालिका सिल गरिएको कार्यपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।
एक हप्ता सम्म नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन्। पाटन नगरपालिकामा अहिले सम्म ८ जना संक्रमित भेटिएका छन्।
उनीहरु मध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकीलाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ।