कैलालीमा १२ बर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा १२ बर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरीएको छ।
गौरीगंगा नगरपालीका वडा नम्बर ४ बस्ने बर्ष १९ का नविन सावद र सोही ठाउँका बर्ष २० का चन्द्र सावदलाई प्रहरीले पक्राउ गरेको हो। पीडित वालिकाको वयान अनुसार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए।