सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा क्वारेन्टिनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि

२०७७ असार ४, ०६:१५ प्रकाश सिंह

बाजुरा: सुदूरपश्चिममा क्वारेन्टिनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि भएको छ। बाजुराको बडिमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो। बुधबार आएको रिपोर्टमा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।  

बडिमालिका नगरपालिका –२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार साँझ क्वारेन्टिनमा आत्महत्या गरेका थिए। उनी २८ गते मात्रै भारतबाट आएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रशाद भट्टराइले बताए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

उनी शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा फेला पारेका थिए। बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए।  
अहिले उनको परिवार क्वारेन्टिनमा बसिरहेको छ।  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस