सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेफर बिरामीको कोरोनाले मृत्यु भएपछि कैलालीको लम्की अस्पताल बन्द

२०७७ असार ३, ०९:१२ खबर संवाददाता

धनगढी : रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसंगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ति महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो। 
 

कमेन्ट लोड गर्नुस