आज कैलालीको त्रिनगर नाकाबाट ५७२ जना भित्रिए
२०७७ असार ३, ०६:५४
कैलाली : कैलालीको त्रिनगर नाकाबाट आज पाँच सय ७२ जना भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर आज पाच सय ७२ जना नेपाली फर्किएको कैलाली प्रहरीले जनाएको छ।
कैलाली प्रहरी प्रवक्ता प्रदिप विष्टका अनुसार दुई सय ७१ भने नेपालबाट भारत गएका छन्। नेपाल भित्रिएकाहरुलाई सम्बन्धीत स्थानीय तह पठाउने कार्य भइरहेको डिएपी विष्टले बताए।
कमेन्ट लोड गर्नुस