कैलालीमा जीपको ठक्करबाट एकजनाको मृत्यु: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
धनगढी : कैलालीमा जीपको ठक्करबाट एकजनाको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैललाीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दोषीलाई कारवहीको माग गर्दै लालपुरमा राजमार्ग अवरुद्ध पारिएको बताए।
मृतक कुडकेनी केदारेश्वर बोर्डीङ स्कुलका प्रिन्सिपल हुन्। आज दिउसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो। जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।