सुदूर नेपाललाई विश्वसँग जोड्दै

परीक्षण बिनै बैतडीका छैटौं संक्रमितलाई घर पठाइयो

२०७७ असार ३, ०५:१२ खबर संवाददाता

बैतडी: कोरोना परीक्षण बिनै बैतडीका छैटौं संक्रमितलाई डिस्चार्ज गरिएको छ। पाटन नगरपालिका –८ का ३४ वर्षीय संक्रमितलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रवाट डिस्चार्ज गरिएको हो। 

ती युवकमा यही जेठ १९ गते संक्रमण पुष्टि भएपछि केन्द्रको आइसोलेसनमा रहेका थियो। स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार १४ दिनसम्म पनि आइसोलेसनमा राखेपछि पनि संक्रमितलाई लक्षण नदेखिए डिस्चार्ज गर्न सकिने भनिएकोले ती युवकलाई डिस्चार्ज गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।  

ती युवकलाई थप ७ दिन होम आइसोलेसनमा बस्ने सर्तसहित घर पठाईएको उनले बताए। पाटनका ती युवकसंगै बैतडीका कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ। बैतडीमा संक्रमितको संख्या भने २७ रहेको छ ।
 

कमेन्ट लोड गर्नुस