धनगढीमा मानसिक सन्तुलन ठिक नभएका युवकमा कोरोना पुष्टि, गाउँमा घुम्दै
धनगढी : धनगढीमा मानसिक सन्तुलन ठिक नभएका युवकमा कोरोना पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा जेठ २० गते भारतबाट फर्किएका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
उनले क्वारेन्टिनमा बस्न नमानेपछि होम क्वारेन्टिनमा राखेर घर सिल गरिएकोमा मंगलवार कोरोना पुष्टि भएको वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए।
‘मानसिक सन्तुलन ठीक नभएका युवकमा कोरोना पुष्टि भएको छ,’ वडा अध्यक्ष जोशीले दिनेश खवरलाई भने, ‘कोरोना पुष्टि भएपछि पनि राति ९ बजे उनी छिमेकीहरुको घर–घरमा पुगेको खवर आएको थियो। विहान उनलाई घरकै आईसोलेसनमा राखेका छौ।’
उनले अस्पताल जान पनि संक्रमित युवकले अटेरी गरिरहेको बताए। स्थानीयलाई कोरोना सराउने भन्दै उनी घर–घरमा गईरहेका छन् तर उनलाई अस्पतालको आईसोलेसनमा राख्न कुनै तयारी भएको छैन्।
वडा नम्वर १२ कै एक स्थानीयले भने, ‘बेला–बेला घर बाहिर निस्किन दिईरहेका छन्। गाउँभरी त्रास फैलिएको छ।’