सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ज्यान मार्ने धम्की दिएर गहना लुट्ने दुई जना पक्राउ

२०७७ असार ३, १०:५६ खबर संवाददाता

बैतडी : बैतडीमा ज्यान मार्ने धम्की दिएर गहना लुट्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका ७ का २७ वर्षीय बिर्ख लुहार र बैतडीको सिगास गाउँपालिका ७ का प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीका अनुसार बिर्खले सिगास गाउँपालिका ७ अगुरालीकी ४४ बर्षीया नर्मा बोहराले कानमा लगाएको सुनका गहना लुटेका थिए। 

उनले कैची देखाएर ज्यान मार्ने धम्की दिदै गहना लुटेका थिए। यस्तै बिर्खबाट मुन्द्रा किन्ने प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस