सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सरिता गिरीको पुत्ला दहन

२०७७ जेठ ३१, ०८:५९ खबर संवाददाता

धनगढी : कैलालीमा सासंद सरिता गिररीको पूत्ला दहन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट युवा संगठन नेपाल  कैलालीले सांसद सरिता गिरीको पुत्ला दहन गरेको हो।

शुक्रबार साँझ जिल्लाको लम्कीचुहा नगरपालिका गुलरा बजार क्षेत्रमा सांसद गिरीको पुत्ला दहन गरिएको संगठनले जानकारी दिएको छ। जनता समाज पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै उनको पुत्ला दहन गरिएको अध्यक्ष विष्णु देवकोटाले बताए। उनीहरुले गिरीको राजीनामा माग गरेका छन्।

कमेन्ट लोड गर्नुस