धनगढीको दृष्टि फाउण्डेसनको भवन निर्माणमा स्थानीयको अवरोध
धनगढी : धनगढीको दृष्टि फाउण्डेसनको भवन निर्माणमा स्थानीयले अवरोध गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरीमा निर्माण हुने भवनमा स्थानीयले अवरोध गरेका हन्। उप–महानगरपालिकाले नै चार किल्ला प्रमाणित गरेर जमिन दिएपछि भवन निर्माणको काम थाल्दा स्थानीयले अवरोध गरेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताईन्।
‘हामी यतै वस्ने र काम गर्ने गरी आएका थियौं’, उनले भनिन्, ‘स्थानीयले भने निर्माण सामाग्री सहित त्रिपाल लगायतका सामान कब्जामा लिएका छन्।’ तर उक्त टोलका स्थानीयहरुले अन्य स्थानमा भवन निर्माण गरे सहयोग गर्ने भएपनि शिवपुरी सामुदायीक वन र तारानागर सामुदायीक बनको विचमा उप–महानगरपालिकाले उपलब्ध गराएको जमिनमा बनाउन नदिने अडान लिएका छन्।